कालो रोबिन ‘बर्ड अफ द इयर’
५ असोज, वेलिंग्टन (रासस/एएफपी) । न्युजिल्यान्डमा गम्भीर रूपमा लुप्तप्राय कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरिएको छ । प्रतियोगितामा यसपटक कीर्तिमानी एक लाख पाँच हजारभन्दा बढी मत परेको थियो । दक्षिण टापुको पूर्वी तटबाट करिब आठ सय किलोमिटर टाढा चाथम टापुमा पाइने कालो रोबिन कुनै समय लोप हुने अवस्थामा पुगेको थियो । […]
